हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
29

काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको भाउ आज सोमबार पनि तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही सुन १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुन पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १३ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here