काठमाडौं- आइतबार नेपाली बजारमा सुनको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । शुक्रबार पनि छापावल सुन सोही मूल्यमा कारोबार भएको थियो। यसैगरी, आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ। शुक्रबार एक हजार चार सय पन्ध्र रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।