उकालो लाग्यो सुनको मूल्य

0
22

काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ। मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here