हेर्नुहोस आज, कतिमा कारोबार भैरहेको छ नेपालि बजारमा सुनचाँदी

0
18

काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । सामबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला १ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here