कोरोना संक्रमण तिब्र भएपछी चीनमा लकडाउ सुरु

0
13

काठमाडौं – चीनमा कोरोना भाइरसको संक्रमण तिव्र बनेको छ । सोमबार मात्रै एकै दिन १६ हजार ५९० जनामा संक्रमण पुष्टि भएको विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन्। संक्रमण पुष्टि भएका मध्ये १ हजार २३५ जनामा लक्षणसमेत देखिएको छ । चीनको व्यापारिक केन्द्र मानिने सांघाईमा सबैभन्दा धेरै संक्रमित छन् । कोरोना संक्रमण तिव्र भएपछि सांघाईमा दोश्रो चरणको लकडाउन गरिएको छ । त्यहाँका २ करोड ६० लाख मानिस घरमै बस्न वाध्य छन् । कोरोना संक्रमण देखिन थालेपछि सांघाईमा यसअघि नै शैक्षिक संस्था बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here