कृष्ण रेउले र बिन्दु परियारको “झलिको” बजारमा चर्चा बटुल्दै

0
15

काठमाडौं- मोडल विजय पुन आजभोली म्युजिक भिडियोमा ब्यस्त देखिन थालेका छन् पुन जिबन्त अभिनयकै कारण आजकल निकै चर्चामा रहेको छ। नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो अभिनयबाट अलग्गै पहिचान बनाएका विजय एक चर्चित मोडल हुन् । ‘पत्थरको मुटु’ बोलको गीतबाट आफ्नो अभिनयको यात्रा सुरु गरेका विजयले गायक कृष्ण रेउले र गायिका बिन्दु परियारको ‘ झलिको’ बोलको गीतसम्म आइपुग्दा एक सय भन्दा धेरै गीतमा अभिनय गरिसकेका छन । गायक कृष्ण रेउले र गायिका बिन्दु परियारको सुमधुर स्वरमा रहेको गीत “झलिको ” काठमाडौंको अनामनरस्थित एक रेस्टरेन्टमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेका हुन् । गायक कृष्णले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् असंख्य स्रोता तथा दर्शकहरुको मन मुटुमा बस्न सफल गायक पनि हुन्। नेपाली गीसंगीत प्रेमीहरू माझ “ झलिको ” स्रोता दर्शक माझ लिएर आएको छ । गीतमा शब्द/ संगीत/ स्वर गायक’ कृष्ण रेउलेकै रहेको छ गीत एकदम सुमधुर बनेकोछ’ गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन्। सागर बाबु भट्टको निर्देशनमा रहेको गीतको भिडियोमा चर्चित मोडल कलाकार ‘पत्थरको मुटुबाट आफ्नो अभिनयका माध्यमले दर्शकको मन मुटुमा बस्न सफल मोडल बिजय पुनको अभिनयका रहेको छ भने ‘ बिजय पुनलाई प्रकाश घिमिरे’पेरिसा कंडेल’ समिर भण्डारीले साथ दिएका छन् । भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ भने दिनसोन शाहले कलरीङ गरेका हुन्। गीतको म्युजिक भिडियोलाई मोडल विजय पुनको आफ्नै यूट्यूब च्यानलमा मार्फत सार्वजनिक गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here