बर्दियाली कलाकार समाज काठमाडौंकाे प्रथम भेला सम्पन्न,’माल्दाई’ को अध्यक्षतामा कार्यसमिति गठन

0
19

काठमाडौं – बर्दियाली कलाकारहरुको हकहितको लागि भन्दै बर्दियाली कलाकार समाज काठमाडौंकाे प्रथम भेला सम्पन्न भएको छ उक्त भेलाले गायक कमल बिसि ‘माल्दाई’ को अध्यक्षतामा कार्यसमिति गठन गरेको छ । चैत्र १२ गते काठमाडौंको अनामनगरमा भएको भएको उक्त भेलाले गायक कमल बिसि ‘माल्दाई’ को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा गायिका पुर्णकला बिसि, महासचिवमा बिपि वाग्ले, सचीवमा राजेन्द्र बजगाई, कोषाध्यक्षमा अनिता चलाउने, सह कोषाध्यक्षमा आर.के. थारु चयन भएका छन । यसैगरी सदस्यमा मोडल अञ्जली अधिकारी, रकेश वली, सुरेन चन्द ठकुरी, बिष्णु शर्मा, चित्रलाल शर्मा लगाएत ११ सदस्यीय कार्यसमिती रहेको छ । यसैगरी समाजको कानुनी सल्लाहकारमा अधिबक्ता तथा कलाकार राजेन्द्र शर्मा , सल्लाहकारहरुमा याेगमायाँ घर्ती, कमल अधिकारी, भद्र वली, एकराज पौडेल, प्रभात सुवेदी, तिर्थराज पाेख्रेल, प्रविण पाेख्रेल, राज कुश्मी लगायत रहेका छन्। उक्त कार्यक्रममा आफ्नो मन्तब्य दिँदै नवनिर्वाचित अध्यक्ष कमल बिसि माल्दाईले कलाकार कलाकार बिचको एकताले आफ्नो हक अधिकार र ब्यवसायिक सुरक्षा मजबुत हुने बताएका थिए। यस्तै आफुले सबै कलाकारहरुलाई संगठित गर्दै अगाडि बढ्ने समेत नवनिर्वाचित अध्यक्ष ‘माल्दाईले’ बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here