पछिल्लो २४ घण्टामा नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

0
24

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुधबार पनि कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here