ह्वात्तै घट्यो सुनको मूल्य

0
10

काठमाडौँ – बुधबार पनि सुनको भाउ ह्वात्तै घटेको छ। नेपाली बजारमा निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने लगातार घटेको हो। आज सुन तोलामा १२०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ९८ हजार ८०० निर्धारण भएको छ। मंगलबार तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ सँगै आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले सस्तो हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here