फागुन २१ सम्मको लागि थपियो विन्ध्यवासिनी म्युजिक अवार्डको लागि आबेदन दिने म्याद

0
58

काठमाडौं- मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा रहेको रमपम विन्ध्यवासिनी म्युजिक अवार्डको लागि आबेदन दिने म्याद फागुन २१ गतेसम्मको लागि थप गरिएको छ। फागुन १ गतेदेखि खुलेको उक्त आबेदनको म्याद १५ गते अर्थात आज आइतबार सम्मको लागि थियो। समय कम भएको भन्दै स्रष्टा कलाकारहरुले अनुरोध गरेपछि उक्त अनुरोधको सुनुवाई गर्दै आबेदनको म्याद २१ गतेसम्मको लागि थप्ने निर्णय गरिएको अवार्ड आयोजक संस्था विन्ध्यवासिनी म्युजिक प्रालिले जनाएको छ। गीतको सम्मान संगीतको सम्मान स्रष्टा हरुको महान चाड रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड भन्ने स्लोगनका साथ रमपम विन्ध्यवासिनी म्युजिक अवार्डको बार्हौ संसकरणको समारोह यहीँ चैत्रमा राजधानीमा हुँदैछ। नेपालका विभिन्न सांगीतिक अवार्डहरुमा बिकृति मौलाएको समयमा आफ्नो गर्भिलो इतिहाँस कायम राखेको विन्ध्यवासिनी म्युजिक अवार्ड नेपालकै निस्पक्ष र ठुलो अवार्डको रुपमा दर्शक स्रोताले लिने गरेका छन्। जसलाई स्रष्टा सर्जकहरुले पनि आफ्नो बिशेष चाडको रुपमा लिँदै आएका छन्। अन्तराष्ट्रिय स्तरमै नेपालको तर्फबाट आफ्नो कला संस्कृतिलाई जोगाउँदै र चिनाउँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्डलाई अन्तराष्ट्रिय समुदायले पनि बिशेष रुपमा लिएको पाइन्छ। जसको चर्चा नेपाल बाहेकका अन्य देशहरुमा पनि बिशेष महत्वका साथ् उत्तिकै मात्रामा हुने गरेको देख्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here