दुधको मूल्य बढ्यो

0
6

काठमाडौं – सरकारले दुधको उपभोक्ता मूल्य बढाएको छ । मन्त्रिपरिषद्को बैठकले दुधको किसानले पाउने मूल्य निर्धारण गरेलगत्तै उपभोक्ता मूल्य पनि निर्धारण भएको हो । अब दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ । यसअघि, दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ कायम थियो । मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दुधको मूल्य १३.१७ प्रतिशतले बढाएको थियो । यसअघि, किसानले प्रतिलिटर दुधमा ४९.५२ रुपैयाँ पाउँथे । नयाँ मूल्य निर्धारण गर्दै ६.५२ रुपैयाँ बढाइएसँगै किसानले प्रतिलिटर ५६.०४ रुपैयाँ कायम छ । किसानले पाउने मूल्य मन्त्रिपरिषद्ले तोकेपनि उपभोक्ता मूल्य तय गर्ने जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई जिम्मा दिइएको थियो । डीडीसीले उपभोक्ता मूल्य निर्धारण गर्दै ८५ रुपैयाँ कायम गरेको हो । दुधको उपभोक्ता मूल्य ८५ रुपैयाँ पुर्याएको संस्थानले जानकारी दिएको छ । किसान मूल्य ६.५२ रुपैयाँ र उद्योगीलाई २.४८ रुपैयाँ राखेर पुरानो उपभोक्ता मूल्यमा ९ रुपैयाँ प्रतिलिटर मूल्य बढाइएको संस्थानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here