मारुती भ्यान र टिपर एक आपासमा ठोक्किदा दुइ जनाको मृत्यु

0
27

काठमाडौँ- नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा मारुती भ्यान र टिपर एक आपासमा ठोक्किदा दुइ जनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन्। मुग्लिनबाट भरतपुरतर्फ जाँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट आइरहेको लु२ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको हो । निमेशको उपचारका लागि भरतपुरतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारकम क्रममम बिहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका–३ की धिरमाया वलीको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ । भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको अवस्था भने मध्यम रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here