विस्फोटक पदार्थ खाँदा भैँसी घाइते…………..

0
4

कपिलवस्तु- कपिलवस्तुमा वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ खाँदा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका ३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूले बताएका छन् । भैँसी चराउन गएका बालक भने विस्फोट हुँदा भागेर जोगिएको बताइएको छ । जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने प्रहरीले बताएको छ। प्रायस्जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर राख्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here