त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित पक्राउ परे पाकिस्तानी नागरिक

0
2

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय हाफिज आत्तिक्यू उर रेहमान छन् । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका थिए । रेहमान म्यानपावर ब्यवसायी रहेको खुल्न आएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । प्रहरीले आरोपीको साथबाट ४७ हजार १५० साउदी रियाल, ४ सय युएई दिराम, ओमानी रियाल ५ दशमलव ५ र एक सय भारतीय रुपैयाँ बरामद गरेको छ । रेहमानलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here