गणेश अधिकारी र सुनिता बुढाको आवाजमा सार्वजनिक भयो ”लालि जोबनले” बोलको गीत (भिडियो सहित)

0
90

गुल्मी – गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत लालि जोबनले” बजारमा आएको छ। गीतमा जीवन कँडेलको शब्द तथा लय रहेको छ। महेन्द्र भण्डारीकोले संगीत संयोजन गरेको गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। माया प्रेमका कथा मिसिएर बनेको गितको लय निकै माधुरियता मिसिएको छ। जहा धुन बज्छ त्यहा रमझम हुन्छ। जहा शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन्। गीतमा रविन सिँह ठकुरी,रुविना अधिकारी र वर्षा लम्सालले अभिनय देख्न सकिन्छ गीतको भिडियोलाइ स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here