जन्ती बोकेको रथ दुर्घटना, दुईजनाको मृत्यु १३ जना घाइते

0
6

बारा – बाराको आदर्श कोटवाल गाउँपालिका(३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईजनाको मृत्यु र १३ जना घाइते भएका छन्। ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ अनियन्त्रित भई पल्टिएको हो। आदर्श कोटवाल(३ कै लक्षुराम महरा चमारको छोरा सियारामको विवाहमा सोमबार साँझ सवा ७ बजे रथ पल्टिएको पर्साका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए। रथ पल्टिँदा बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका(७ जानकीनगरकी करिब २५ वर्षीया बालकुमारी रामको घटनास्थलमै मृत्यु भएको हो।
ब्राह्म बाबा भन्ने स्थानमा पूजा गरी फर्कने क्रममा जन्ती बोकेको रथ तीव्र गतिका कारण अनियन्त्रित भई एउटा रुखमा ठोक्किएको स्थानीयहरूले बताएका छन्। बेहुला भने रथमा नचढेकाले सकुशल रहेको प्रहरीको भनाइ छ। घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ। (समाचार स्रोत – न्युज सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here