काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको छ। प्रिमियर लिगमा खराब लय कायमै रहेको भन्दै वाट्फोर्डले मुख्य प्रशिक्षक रानिएरीलाई बर्खास्त गरेको हो ।रानिएरीको नेतृत्त्वमा वाट्फोर्डले १४ खेलमा मात्र २ जित निकालेको छ ।शुक्रबार भएको कलम वाट्फोर्ड नर्विचसँग ३–० ले पराजित भएको थियो । वाट्फोर्ड यस सिजन १४ अङ्क जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।वाट्फोर्डले मुख्य प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गर्दै रानिएरीलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो । ६९ वर्षका इटालियन प्रशिक्षक रानिएरीले लेस्टर सिटीलाई सन् २०१५/१६ को सिजन प्रिमियर लिगको उपाधि दिलाएका थिए।