हेर्नुहोस कस्तो रहनेछ अबको एक साताको मौसम

0
15

काठमाडौं- मुलुकभर बिहीबार बिहानैदेखि मौसममा फेरबदल भएको छ । यो क्रम अझै एक सातासम्म चल्नेसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा बिहीबार दिनभर वर्षा र हिमपात भयो । मौसम पूर्वानुमान महाशाखाले बिहीबार साप्ताहिक कृषि–मौसम पूर्वानुमान जारी गर्दै आगामी साताभर मौसम बदली हुने जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ मा साताभर सामान्यदेखि पूर्ण बदली रहने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । यसैगरी, मधेस प्रदेशमा शुक्रबारदेखि मंगलबारसम्म आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, बाग्मती प्रदेशमा पनि हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा तथा तराईका जिल्लामा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आजपनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । हरेक प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । यसैगरी, शनिबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने उनले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here