सुनको मूल्य ह्वात्तै बढ्यो

0
28

काठमाडौँ- बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। बुधबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज बिहीबार भने प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here