आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु

0
11

सर्लाही- आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बुधबार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल मलगंवा उपचारको क्रममा बुधबार राति मृत्यु भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here