नेपाली संगीत भित्रका दरिलो खम्बा गायक/ संगीतकार कमल ‘सौराग’

0
359

काठमाडौं – लोकप्रिय गायक कमल सौराग नाम नसुनेको सायदै कम होलान । बच्चा देखि बृद्ध सम्मका मन मनमा बसेका गायक हुन् कमल सौराग। दैला मुनि जौं भन्देउन निष्ठुरी तिमि कहाँ छौ , घुम्ती नरपानी , तिमि एक प्रेम कथा , हरेक पल , बन्धन, तिमि कस्ती भैछु होलि जस्ता दर्जनौ लोकप्रिय र कालजयी गीतहरुमा आवाज दिएका अलौकिक क्षमताका धनि कमल सौरागले नेपाली गीत संगीत क्षेत्रमा अतुलनिय योगदान दिएका छन् , उनले आवाज मात्र हैन नेपाली सांगीतिक क्षेत्रलाइ नै फरक ढंगबाट लैजान अमुल्य योगदान दिएका छन्। हजारौं लोकप्रिय गीतहरुमा संगीत संयोजन समेत गरिसकेका छन् गायक सौरागले । पछिल्लो समयमा नेपाली स्रोता दर्शक तथा कलाकार हरुले गायक सौरागलाई नेपालकै नम्बर वान संगीत संयोजकको रुपमा लिने गरेको देखिन्छ। अर्गाखाचीको सन्धिखर्कमा जन्मेका सौरागले नेपालका सबैजसो ठुला म्युजिक कम्पनिसंग सहकार्य गरिसकेका छन्। सौराग यत्तिमा मात्रै सिमित नरहेर दर्जनौ गीतको भिडियो हरुमा आफ्नो अभिनय कौशलता समेत देखाएर करोडौं नेपालीहरुको मन जितिसकेका छन्। उनले विन्ध्यवासिनी म्युजिक अवार्ड २०७३ (तिमि कस्ती भैछु होलि) , विन्ध्यवासिनी म्युजिक अवार्ड (२०७४) (हरेक पल पल) , राष्ट्रियय लोकदोहोरी अवार्ड , जस्ता नेपालका ठुला ठुला र प्रतिष्ठित धेरै रास्ट्रीय अवार्ड हरु समेत जितिसकेका छन्। गायक सौरागको सम्मानमा उनकै जिल्लाले कमल सौराग एकल साँझ पनि भव्यताका साथ सम्पन्न गरिसकेको छ। लोक दोहोरि , आधुनिक चलचित्र , पप , गजल लगायत सबै विधाहरुमा आफ्नो प्रतिभाको जादु चलाउन माहिर गायक सौरागले अब फेरी नयाँ गीति एल्बमको तयारीमा रहेको हामीलाई जानकारी दिएका छन। गायक सौरागलाई यसैगरी नेपाली गीत संगीत क्षेत्रलाई नयाँ ढंगबाट अझै उचाइमा पुर्याउनको लागि हाम्रो तर्फबाट शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here