सुर्खेतमा एकै परिवारका चार जना एउटै कोठाभित्र मृत फेला

0
3

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी टोलमा बस्दै आएका एकै परिवारका चार जना एउटै कोठाभित्र मृत फेला परेका छन्। मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीय कल्पा बुढा, उनका छोरा आठ वर्षीय नीरज र नौ वर्षीय चिरञ्जीवी र कल्पाका दाजुको पाँच वर्षीय छोरा सम्राट रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शनिबार चारै जना एउटै कोठाभित्र मृत भेटिएका हुन्। शनिबार बेलुका सूचना पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कोइला बाली झ्याल ढोका थुनेर बस्दा निस्सासिएर उनीहरूको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको घर्तीले बताए। मृतकका आफन्तहरु नआएकाले शव परीक्षण हुन सकेको छैन। प्रहरीका अनुसार कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट पुग्ने बित्तिकै शव पोष्टमार्टम गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here