नेपालमा हालसम्म करिब आधा जनसंख्याले लगाए कोरोनाविरुद्धको खोपको पहिलो डोज

0
3

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन्। मन्त्रालयकाअनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०.२ प्रतिशत हो। यसैगरी १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्। जुन कुल जनसंख्याको ३७.३ प्रतिशत हो। तर लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन्। सरकारले खोप अभियान सुरू गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसंख्यामा राखेको थियो। केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ। यो हिसाबले १८ वर्ष माथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले खोपको पहिलो डोज लगाइसकेका छन्। अब करिब ४८ लाख जनाले मात्र खोप लगाउन बाँकी छ। तर त्यसमध्ये कति विदेशमा रहेकाले पनि खोप लगाउन बाँकी रहेकाहरू अझै कम हुनसक्छन्। यस्तै, १८ वर्ष माथिका ५६.९ प्रतिशत मानिसहरूले भने खोपको पूरा डोज लगाएका छन्। अर्थात १८ वर्ष माथिका १ करोड १३ लाख ३५ हजार ७ सय ११ जनाले पूरा डोज लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here