चीनबाट नेपाल आइपुग्यो थप ११ लाख ८४ हजार मात्रा भेरोसेल खोप

0
10

काठमाडौँ – चीनबाट ११ लाख ८४ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा मङ्गलवार भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले जनाएका छन्। यो खोप नियमित रूपमा १८ वर्षमाथि उमेर समूहकालाई लगाइने उनले बताए । योसँगै नेपालले अहिलेसम्म भेरोसेल, कोभिशिल्ड, एस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसन एन्ड जोनसन लगायतका चार करोड तीन लाख ८७ हजार नाै सय २७ मात्रा खोप प्राप्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here