आजदेखि उपत्यकाका १२ देखि १७ वर्ष उमेरका किशोर/किशोरीलाइ कोरोना विरुद्धको खोप लगाइँदै

0
9

काठमाडौं – सरकारले आजदेखि काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका किशोर/किशोरीलाइ कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ। उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाइने छ। भक्तपुरमा गत शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ। पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोर र किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका बताइएको छ। काठमाडौं र ललितपुरमा पनि विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप दिइनेछ। विद्यालय नगएका तर १२ देखि १७ वर्षसम्मका किशोर/ किशोरीले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन्। ललितपुरमा स्थानीय पालिकाहरुले वडा अनुसार एक दिनमा चारवटा वडाका विद्यालयका दरले खोप दिँदैछन्। यी जिल्लामा लक्षित सबै किशोर र किशोरीलाई ‘कभरेज’ नभएससम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here