प्रधानमन्त्री देउवाको आज कोरोना परीक्षण हुँदै

0
4

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको आज पीसीआर परीक्षण हुने भएको छ । आइसोलेशनमा रहेका प्रधानमन्त्री देउवाले आज कोरोना भए-नभएको पुष्टि गर्नका लागि पीसीआर परीक्षण गर्न लागेका हुन्। बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सहभागी केही नेताहरू कोरोना सङ्क्रमित भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जनाएका छन् । प्रधानमन्त्री देउवा सरकारी निवासमै आइसोलेशनमा रहेको र आज पीसीआर परीक्षण गरिने र त्यसको नतिजापछि थप निर्णय लिइने पनि उनका स्वकीय सचिव भानु देउवाले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here