राष्ट्रियसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको नामावाली आज प्रकाशन हुने

0
4

काठमाडौं – राष्ट्रियसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको नामावाली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयन पत्र जाँचबुझ गरिसकेर दिउँसो ३ बजे उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। नामावली प्रकाशन भएपछि उम्मेदवारहरुले भोलिसम्म नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि अन्तिम नामावाली पुस २५ गते सार्वजनिक हुने र चुनाव चिन्ह पनि सोही दिन प्रदान गरिने आयोगले जनाएको छ । गत मंगलबार राष्ट्रियसभाको १९ रिक्त पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन। मतदान आगामी माघ १२ गते हुँदैछ । (समाचार स्रोत – न्युज सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here