काठमाडौंको कोटेश्वरबाट सालकको खपटासहित दुई जना पक्राउ

0
13

काठमाडौं – १ किलो ५ सय ग्राम सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको कोटेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका रामप्रसाद राई गाउँपालिका–४ घर भएका रुक्मणबहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ घर भएका भविन्द्रबहादुर मगर छन् । २७ वर्षीय भविन्द्रबहादुर मगर काठमाडौंको टोखामा बस्छन् । संरक्षित वन्यजन्तु सालकको खपटा बेचविखन गर्न लागेको सुराकको आधारमा उनीहरुलाई पक्राउ गरेर डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको ब्यूरोका प्रवक्ता (एसपी) श्यामकुमार महतोले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here