दाङमा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

0
6

दाङ – पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट लमहीतर्फ आउँदै गरेको स्कार्पियो जिप दुर्घटना हुँदा दाङमा ६ जना घाइते भएका छन् । बुधबार राति २ बजे अनियन्त्रित भइ लमही- ३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते हुनेमा लमही नगरपालिका-२ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडानम्बर ५ को कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, रातो डाँडा निवासी १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सिर्जना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानुप्रसाद गुप्ता, वडानम्बर ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार रहेका छन् । दुर्घटनामा चालक विनोद चौधरी, प्रदीप चौधरी, भानुप्रसाद गुप्ता, सिर्जना सुनारको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको नेपालगञ्ज र बुटवलमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here