न्यून चापीय प्रणालीका कारण देशभर वर्षा, काठमाडौंसहित विभिन्न स्थानमा हिमपात

0
6

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका देशभरको मौसम बदली भइ अधिकांश स्थानहरुमा वर्षा भैरहेको छ। काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा शुरु भएको हो। देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात भैरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परिरहेको मौसमविद गंगा नगरकोटीले जनाकारी दिइन्। काठमाडौंको चन्द्रागिरीमा पनि हिउ परेको छ। आज दिउँसो देशभरको मौसम सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद नगरकोटीले जानकारी दिइन्। उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। आज राति पनि हल्कादेखि मध्यम वर्षा हुने र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको हुनेछ। अहिलेकोे मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने महाशाखाले जनाएको छ। चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउँन महाशाखाले अनुरोध गरेको छ। यसैबिच आज बिहान ६ बजे गरिएको मापन अनुसार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलब १ डिग्री सेल्सियस रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here