एमाले पार्टी कार्यालयमा मृत भेटिए एक ब्याक्ति

0
4

जुम्ला – नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक ब्याक्ति मृत फेला परेका छन् । उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् । मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ । (समाचार स्रोत – रातोपाटी )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here