सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना ३ को मृत्यु २७ घाइते

0
490

सुर्खेत- सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ यात्रु घाइते भएका छन् ।
जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे भेरीगंगा नगरपालिका-५ स्थित हर्रेमोडमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन् । उनीहरुको सनाखत भने भएको छैन ।
घाइतेहरुको भेरीगंगा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण हुनेसक्ने प्रारम्भिक अनुमान गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here