स्थगित भयो आजदेखि सुरु हुने भनिएको कोरोनाविरुद्धको फाइजर खोप अभियान

0
12

काठमाडौं – खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिने सुइ आउन ढिलो हुने भएका कारण सरकारले आजदेखि सुरु गर्ने भनेको कोरोनाविरुद्धको फाइजर खोप अभियान केही दिनका लागि स्थगित गरिएको छ। स्वास्थ्य सेवा विभाग खोप शाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार खोप अभियानको लागि ६ लाख ६४ हजार ६ सय ५० मात्रा फाइजर खोप नेपाल आइसकेको छ । आठदस दिनभित्रैमा खोप अभियान सुरु हुने समेत उनले बताएका छन् । पुस २ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै पुस १३ देखि २२ गते ८ जिल्लामा फाइजर खोप अभियान सञ्चालन गर्ने जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here