टिपरलाई ओभरटेक गर्ने क्रममा टिपरसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

0
3

उदयपुर – उदयपुरमा टिपरलाई ओभरटेक गर्ने क्रममा टिपरसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा आइतरबार बिहान टिपरसँग ठोक्किदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका १ जोगिदहका २६ वर्षीय गंगाराम चौधरीको मृत्यु भएको बताइएको छ। सुन्दरपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ३८९६ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा स १० प ८७९८ नम्बरको मोटरसाइकल आज बिहान ९ बजे सोही टिपरमा ठोकिएको थियो । दुर्घटनामा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटना घाइते भएकी मोटरसाइकलमा पछाडि सवार २५ वर्षीया संगिता चौधरीलाई उपचारका लागि फत्तेपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here