हेर्नुहोस आज नेपालमा कतिमा कारोबार भैरहेको छ सुन चाँदी

0
6

काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको भाउ केही बढेको छ। आइतबार प्रतितोला ४०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला रु ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here