प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश, अर्को बैठक पुस ६ गते मंगलबार १ बजे बस्नेगरी स्थगित

0
7

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको विरोधकाबीच प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका हुन् । त्यस्तै मन्त्री बडुले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका छन् । एमाले सांसदको नाराबाजीकै बीच सभामुख सापकोटाले रेल्वे अध्यादेश पेश गर्न अनुमति दिएपछि उक्त अध्यादेश पनि मन्त्री बडुले पेश गरेका छन् । त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नै यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गरेका छन् । सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपतिले बैठक आव्हानसम्बन्धी पत्र पढेर सुनाए लगत्तै एमाले सांसदहरु उठेर रोस्ट्रम घेर्दै नाराबाजी गरेका थिए । सभामुख सापकोटाले अर्को बैठक पुस ६ गते मंगलबार १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका छन् । (स्रोत – न्युज सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here