सरकारले १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने

0
11

काठमाडौं – सरकारले १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । पुस ४ गतेदेखि करिब१८ लाख बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप दिईने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले बताएका छन् । पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने तथा दोस्रो चरणको खोप भने माघ २ देखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ लाख ९८ हजार ८०० र १ लाख ८८ हजार ४०० गरी १६ लाख ८७ हजार २०० मात्रा मोर्डना खोप आइसकेको छ । अहिले जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन गर्ने कार्य भईरहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here