सुरु भयो नेपाली कांग्रेसको १४ औं महाधिवेशन

0
6

काठमाडौ – ‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा (माले)का महासचिव सिपी मैनालीसहितका नेताहरु सहभागी भएका छन् । त्यस्तै भारतलगायत विभिन्न देशबाट त्यहाँका राजनीतिक दलका नेताहरु पनि कांग्रेस महाधिवेशनलाई शुभकामना दिन आएका छन् । भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक झलकहरु पनि प्रदर्शन गरिएको छ । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here