लमजुङमा जीप दुर्घटना ३ को मृत्यु ,९ घाइते

0
9

लमजुङ – लमजुङमा जीप दुर्घटना भएको छ। शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-८ भुस्मे भन्ने ठाउँमा दुर्घटना भएको हो । गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए । ‘शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको छ,’ सीडीओ वैद्यले भने, ‘९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।’ घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए । घटनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए । जिपमा १६ जना सवार थिए । मर्स्याङ्दी गाउँपालिका-८ को खुँदी सिमपानी भन्ने ठाउँबाट भुस्मेतर्फ जाँदै गर्दा जिप पल्टिएको र उनीहरू पिकनिक खानका लागि हिँडेको जानकारीमा आएको लमजुङका डीएसपी कृष्ण कार्कीले जानकारी दिए । (अनलाइन खबरको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here