सर्लाहीमा दाउरा खोज्न गएकी १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

0
9

काठमाडौं – सर्लाहीको बलरा नगरपालिका–४ मा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सोमबार बिहान दाउरा खोज्न गएकी किशोरीलाई ४ जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् । तर, सर्लाहीका एसपीले दुई जनाले मात्र बलात्कार गरेको जिकिर गरेका छन् । सर्लाहीका एसपी कृष्ण प्रसाईले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए । उनले भने– ‘किशोरीलाई मेडिकल गर्न पठाएका छौं, बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेका छौं ।’ बलात्कृत किशोरी बलरा नगरपालिका–५ घर भएकी मुस्लिम समुदायकी हुन् । एसपी प्रसाईले आरोपीको नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन् । बलात्कारमा चारजना संलग्न भएपनि प्रहरीले दुईजनालाई मात्र पक्रेर अरु दुईजनालाई उम्काउन खोजेको स्थानीयले आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here