मापसे गरेको आरोपमा जहाजबाट बाहिर निकालिदियो सिल्क एयरले एनआरएनए अध्यक्ष सहित एकजनालाई

0
141

काठमाडौं- मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई लाई हवाई जहाजबाट बाहिर निकालिदिएको छ । अस्वस्थ भै सिंगापुरमा उपचार गराइरहनुभयेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भट्ट काठमाडौंबाट सिंगापुर तर्फ जाँदै थिए । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् ।

यो कुराको पुष्टि सनत न्यौपाने आफैंले गरेका छन् र उनले फेसबुकमार्फत अडियो लाइभ गर्दै , ‘एयरलाइन्समा बोर्ड गरिसकेपछि, सिटमा बसिसकेपछि त्यहाँको क्याप्टेन आएर आई क्यान नट फ्लाई विथ यू भन्यो भनेका छन् ।’
सोहि कुरा सार्वजनिक भैसकेपछि न्यौपानेले फेसबुक लाइभमार्फत घटनाक्रमबारे सविस्तार जानकारी गराएका छन्। न्यौपानेका अनुसार भट्ट र उनी त्यो दिन सँगै थिए । उनीहरु बिजनेस मिटिङहरुमा सहभागी थिए । त्यसैक्रममा मदिरा सेवन गरेको पनि उनले स्वीकारेका छन् ।
न्यौपाने भन्छन : हामी बिजनेस मिटिङमा थियौं, बिजनेस मिटिङमा कुन लेभलको अल्कोहल कन्जम्सन हुन्छ भन्ने कुरा हामी सबै जगजाहेरै छौं । यसमा त्यस्तो केही पनि हुँदैन भन्ने कुरालाई इगनोर पनि नगरौं,’ ‘तर, उहाँले (भवन भट्टले) मैले प्रधानमन्त्रीलाई भेट्नु छ आज म अल्कोहल त्यति लिन्नँ भन्नुभा’थ्यो ।’
प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भनेर आफूहरुले सिल्क एयरको टिकट लिएको समेत उनले बताएका छन् ।
न्यौपानेका अनुसार इमिग्रेसन पास भइसकेपछि प्रि बोर्डिङबाट अगाडि बढ्ने क्रममा सेक्युरिटीले पनि सुरुमा उनीहरुलाई रोकेको थियो । तर, पछि फेरि ‘हाम्रो गल्ती भयो’ भनेर सेक्युरिटीले त्यहाँबाट पनि जान दिएपछि प्लेनमा गएर बसेको उनको भनाइ छ । प्लेनको सिटमा बसिसकेको यात्रुलाई ओरालेर एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको न्यौपानेको आरोप छ । यो घटनाबाट आफू लज्जित भएको पनि उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here