फेरि सभापतिमा उठ्ने शेरबहादुर देउवाको घोषणा

0
7

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन् । सोमबार प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन् । ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतमिा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन् । एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ । देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ । ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ । देउवाले सञ्चारकर्मीसँग फेरि पनि सभापति जिते हरेक हप्ता पार्टी कार्यालय गएर जनता र कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धता जनाए । ‘यो मेरो अन्तिमपटक हो । फेरि उठ्न मिल्दैन । र, अहिले मैले सभापति जिते भने चुनाव पनि कांग्रेसले जित्छ,’ उनले भने । पार्टी सभापतिमै हारेको प्रधानमन्त्रीले तीनै तहको निर्वाचन गराउँदा राम्रो म्यासेज नजाने भएकाले नैतिक बलका लागि पनि सभापतिमा जित्नै पर्ने सुनाए । नेपाली कांग्रेस मध्यपन्थी पार्टी भएको बताउँदै देउवाले यो कम्युनिष्ट वा दक्षिणपन्थी बाटोमा नजाने बताए । ‘देशमा ८० प्रतिशत जनता हिन्दु छन्, तर के गर्ने मैले भनेर मात्र नहुँदो रहेछ । संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ । कराएर मात्र हुँदैन,’ उनले भने । देउवाले १४औं महाधिवेशन उदघाटनमा एमालेले जस्तो तडकभडक नगर्ने स्पष्ट पारे । ‘पार्टीको आन्तरिक चुनावमा भीड जम्मा गरेर केको शक्ति प्रदर्शन ? यो गर्ने पक्षमा म छैन,’ देउवाको भनाइ थियो । (न्युज सेवाको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here