विन्ध्यवासिनी म्युजिकको वितरण तथा सुवास रेग्मीको प्रस्तुतिमा शिरिष देवकोटाले ल्याए ‘चाँदीको चौघेरो’

0
10

लोकप्रिय गायक तथा सर्जक शिरिष देवकोटाको नयाँ गीत चाँदीको चौघेरो सार्वजनिक भएको छ। विन्ध्यवासिनी म्युजिक प्रालिको निर्माण तथा बजार व्यस्थापन रहेको उक्त गीतलाई निर्माता एबम विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुबास रेग्मीले लगानी गरेका हुन्। शिरिष देवकोटा र सान्तिश्री परियारको आवाज रहेको सोहि गीतमा शब्द लय पनि गायक देवकोटाकै रहेको छ। नेपालि सांगीतिक बजारमा रोइला गीतको राजा भनेर चिनिने गायक तथा सर्जक देवकोटाको यो गीत मौलिकताले श्रिङ्गारिएको छ। अत्यन्तै मिठा शब्द ले तथा आवाजले स्रिङ्गारिएको गीतको भिडियो पनि उत्तिकै अब्बल बनेको देख्न सकिन्छ। भिडियोमा प्रकाश भट्टको निर्देशन,अजय रेग्मी को छायांकन ,दिक्पाल कार्की र जुना सुन्दासको अभिनय तथा बिष्णु शर्मा क सम्पादन देख्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here