आजदेखि हल हलमा नम्रताको जाइरा , फरक भूमिकामा उनि

0
229

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी सुन्दरी नायिका नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ ।
आज अर्थात शुक्रबारबाट रिलिज भएको यस चलचित्रले सोलो रिलिजको समेत मौका पाएको छ । यस मितिमा अरु कुनै चलचित्र रिलिज भएका छैनन् ।
चलचित्र जाइरामा नायिका श्रेष्ठ अलि भिन्न अवतारमा प्रस्तु्त भएको देख्न सकिन्छ। अहिलेसम्म लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठ यस चलचित्रमा भने एक्सन अवतारमा देखिनएकि हुन्। चलचित्रमा उनले बक्सर खेलाडीको भूमिका निर्वाह गरेकी छिन् ।
आशुतोष श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नम्रता श्रेष्ठ सँगै अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ भने नम्रता श्रेष्ठकै लगानी रहेको यस चलचित्रमा प्रसन्न गोपाली कार्यकारी निर्माताको रुपमा रहेका छन् । आशुतोष र निरज महर्जनले लेखेको चलचित्रलाई बाबु श्रेष्ठलले खिचेका हुन् र लोकेश बज्रचार्यले सम्पादन गरेका छन् ।
नम्रता श्रेष्ट स्टारर चलचित्र ‘जाइरा’ लाइ हाम्रो तर्फदेखी धेरै धेरै सफलताको शुभकामना ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here