हेर्नुहोस, यस्तो छ आज सहित आगामी तीन दिनको मौसम पूर्वानुमान

0
7

काठमाडौँ – नेपालमा न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो। सोमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एकर दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशभर आँशिक बदली रहनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर १३ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीः देशभर आँशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

२०७८ मंसिर १४ गते (मंगलबार)

दिउँसोः देशभर आँशिक बदली रहने छ। गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आन्शिक बदली रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर १५ गते (बुधबार)

दिउँसोः सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपात र सो प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ र सो प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here