लेखन संगै अभिनयमा पनि डाक्टर भट्टराइ

0
127

काठमाडौं – गीतकार बिष्णुमुर्ती भट्टराइले आफ्नो नयाँ गीत ‘मेरो तस्वीर’ सार्वजनिक गरेका छन्। पेशाले डाक्टर समेत रहेका भट्टराइ गीत संगीतको क्षेत्रमा पनि गीतकारको रुपमा उत्तिकै चर्चामा रहेका ब्याक्ति हुन्। उनकै शब्द रचनामा रहेको यस गीतमा श्रीधर अधिकारीको संगीत तथा कृष्णमुर्ती भट्टराइको आवाज रहेको छ। गीतकार भट्टराइ यसपाली गीतकारमा मात्रै सिमित रहेनन् उनले आफूभित्र रहेको अभिनय कला पनि यस गीतको भिडियोमा मज्जाले प्रस्तुत गरेका छन् अर्थात यसै गीतमा मोडल जुना सुन्दाश संग अभिनय गरेका छन्। भिडियोलाइ दिपक श्रेष्ठले निर्देशन गरेका हुन् भने सम्पादन पनि उनैले गरेका हुन्। जसलाई छायांकन योगेश शाक्यले गरेका छन्। गीतको भिडियोलाई गीतकार भट्टराइले आफ्नै अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here