बर्बादी एल्बममा समाबेश खुशीको सहर (आँसुको पसलको अन्तिम भाग) सार्वजनिक (भिडियो)

0
17

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो निर्माण तथा बजार ब्यबस्थापनमा रहेको बर्बादी एल्बममा समाबेश खुशीको सहर (आँसुको पसलको अन्तिम भाग अर्थात भाग ३) सार्वजनिक गरेको छ। विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुबास रेग्मीको प्रस्तुति रहेको उक्त गीतमा कुशल बेलबासे र हरि क्षेत्रीको शब्द तथा ऋषि खड्काको संगीत तथा कमल सौरागको संगीत संयोजन रहेको छ। सोहि गीतमा आवाज पनि कुशल बेलबासे र सान्तिश्री परियारको रहेको छ।
गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्। जसमा ओबी रायमाझी, अन्जली अधिकारि, सारिका केसी र शिशिर पौडेलको अभिनय रहेको छ। भिडियो नवराज उप्रेतीको छायांकन तथा बिष्णु शर्माको सम्पादनमा तयार भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here