उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना – मौसम पूर्वानुमान महाशाखा

0
7

काठमाडौं – आज देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here