‘बर्बादी’ एल्बममा समाबेस ”आँसुको पसल” भाग २ (खुशीको सहर) सार्वजनिक,पुरा भाग अर्को साता

0
26

काठमाडौं – ‘बर्बादी’ एल्बममा समाबेस ”आँसुको पसल” बोलको गीतको दोस्रो भाग ”खुशीको सहर” लाई विन्ध्यवासिनी म्युजिक प्रालिले आज अर्थात् मङ्सिर ३ गते सार्वजनिक गरेको छ। विन्ध्यवासिनी म्युजिक प्रालिको आफ्नै निर्माण तथा बजार ब्यबस्थापनमा रहेको उक्त गीतमा विन्ध्यवासिनी म्युजिक प्रालिकै संचालक सुबास रेग्मीको लगानी रहेको छ। पहिलो भाग कुशल बेलाबासेको आवाजमा सार्वजनिक भएको थियो भने दोश्रो भाग सान्तीश्री परियारको आवाजमा सार्वजनिक भएको छ। गीतलाई कुशल बेलबासे र हरि क्षेत्रीले लेखेका हुन् भने संगीत ऋषि खड्काले गरेका हुन्। जसमा संगीत संयोजन कमल सौरागको रहेको छ। गीतको भिडियोमा भने लोकप्रिय मोडल अन्जली अधिकारि र ओबी रायमाझीको अभिनय देख्न सकिन्छ। जसलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्। नवाराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन्। यस गीतको अर्को भाग अर्थात पुरा भाग अर्को हप्ता सार्वाजनिक गरिने विन्ध्यवासिनी म्युजिक प्रालिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here