डोजर दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु

0
7

दाङ – डोजर दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा जेसीबी दुर्घटना हुँदा अपरेटर (चालक) घोराही-१० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो । पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा आज बिहान साढे चार बजेतिर रा१क ९१४ नम्बरको जेसीबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घुम्तीमा माटोमा भासिएर जेसीबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here